काठमाडौं,१७ असोज  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार गृह जिल्ला झापा पुग्नुभएको छ ।

ओलीले यसपालिको दशैँ झापामा मनाउन लाग्नु भएको हो । दशैँ मनाउने क्रममा ओली सोमबार झापा जानुभएको हो । ओलीले झापाको आफ्नो निवासमा दशैँ मनाउन लाग्नु भएको हो । 

मंगलबार ओलीले दशैं, तिहार, छठलगायतका पर्वका शुभकामना आदानप्रदान गर्ने कार्यक्रम तय भएको छ । अध्यक्ष ओलीले उक्त कार्यक्रममा सहभागी हुन विभिन्न दलका नेता, कार्यकर्ता र सर्वसाधारणलाई आमन्त्रण गर्नुभएको छ । मंगलबारको कार्यक्रम बिर्तामोडमा आयोजना गरिने भएको छ ।  

ओलीले झापाको भद्रपुर नगरपालिकामा बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्नुहुने कार्यक्रम रहेको छ । उहाँ टीका सकेर साही दिन काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।