• भूमिप्रसाद पाठक

पथरी, १८ असोज । नेकपा (एमाले) प्रवेशको लहर देशव्यापी चलेसँगै आज मूलतः नेकपा (माओवादी केन्द्र) सम्बद्ध दर्जनौं नेता–कार्यकर्ता एवम् स्थानीय बामबुद्धिजीवीहरू एमाले प्रवेश गरेका छन् । दशैँ २०७९ को आज महानवमी पर्वको अवसरमा नेकपा (एमाले) पथरी शनिश्चरे नगरपालिका कमिटीले बाम–प्रजातान्त्रिक बुद्धिजीवीमाझ आयोजना गरेको संक्षिप्त भेटघाट एवं चियापान कार्यक्रमको सन्दर्भमा यो पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । 

310852415_5694192360649583_4514857664572983146_nआज प्रवेश गर्नेमा क्रमशः लक्ष्मी ढुंगेल दाहाल, नागेश काफ्ले, धनकुमार सुब्बा, रोहित बास्तोला, सुवाष लुइँटेल, लक्ष्मी लुइँटेल, षडानन्द अधिकारी, भवानी तिम्सिना, दयासागर तिम्सिना रहनुभएको छ । राजनीतिक बैचारिक हिसावले सुझबुझपूर्ण एकीकृत कम्युनिष्ट आन्दोलन निर्माणको पक्षमा रहेको यो शक्तिलाई दिनभरि हराएको बच्चा साँझपख घर–आँगनमा आइपुग्यो भने आफ्नो प्यारो घर सम्झेर आयो भन्नुपर्छ, हराएको भन्नुहुँदैन भन्ने संज्ञा दिँदै नवप्रवेशी स्थानीय हस्ती एवं सामाजिक रूपमा स्थापित विद्वान् वर्गलाई कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य युवराज बास्कोटाले अबिर–टीका लगाएर स्वागत गर्नुभएको थियो भने पार्टीको केन्द्रीय वन तथा वातावरण विभाग सदस्य अर्जुन क्षेत्री, नगरप्रमुख एवं पार्टी प्रदेश कमिटी सदस्य मोहनप्रसाद तुम्बापो, देवराज भण्डारी, दिलिपकुमार राईंले खँदा ओडाएर सम्मान व्यक्त गर्नुभएको थियो । प्रवेश गर्नेमा अधिकांश शिक्षण पेशासम्बद्ध व्यक्तित्वहरू हुनुहुन्छ ।

310887677_1297138351141963_8721205538815706903_nप्रवेश क्रममा युवा नेता राेहित बास्तोलाले एमाले स्थायी कमिटी सदस्य एवं संघीय जनप्रतिनिधि भानुभक्त ढकालले यहाँको हकमा असाधारण काम गरेको भए पनि समग्र एमाले नेतृत्व र विकासविरोधीले नराम्रो प्रचारप्रसार गरेकोप्रति दुखेसो व्यक्त गर्नुभएको थियोे ।

पार्टी प्रदेशको नेतृत्व विजय डाँगी, पर्शुराम मिश्र, जिल्ला नेतृत्व पार्थबहादुर बुढाथोकी, भगतचन्द्र थपलिया, राजु तिम्सिना र बुद्धिजीवी परिषद् जिल्ला सदस्य उपेन्द्र बस्नेत र सुरेश कटुवाललगायतको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष रमेश दाहालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कार्यालय सचिव रोशन बुढाथोकीले गर्नुभएको थियो ।