काठमाडौं,२४ असोज ।नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले अध्यक्ष प्रचण्डले आफूमाथि प्रतिशोध साँधेर बदला लिएको बताउनु भएको छ ।
सिन्धुलीबाट अन्तिम समयमा टिकट खोसेर प्रचण्डले आफूमाथि बदला लिएको गजुरेलले आफन्तसँग बताउनु भएको हो । अन्तिमसम्म नेपाल कम्युनिस्ट पार्टी नफुटाउनका लागि आवश्यक पर्दा प्रचण्डले अध्यक्षबाट राजीनामा दिएर पनि त्याग देखाउनुपर्ने सार्वजनिक रुपमा बताए वापत अध्यक्ष प्रचण्डले आफूलाई यतिवेला बदला लिएको उहाँको भनाई छ ।
अध्यक्ष प्रचण्डको उक्साहटमा जिल्ला नेता राजन दाहालले तीन महिनादेखि आफूलाई फेसबुकमार्फत आक्रमण गरेको, जिल्लामा पूरै गुटबन्दी गरेको र अन्तिममा अध्यक्षले नै अपमानपूर्ण रुपमा हठात उम्मेदवार हुनबाट बञ्चित गरेको उहाँको भनाई छ ।
जिल्ला र फेसबुकमार्फत आफ्ना विरुद्ध अस्वाभाविक आक्रमण भएपछि अध्यक्ष प्रचण्डलाई भेट्न एक हप्तादेखि समय माग्दा पनि नदिएको र आइतवार साँझ टिकटका लागि सोचौंला भनेर पठाएर अन्तिममा फेसबुकमार्फत आफ्नो टिकट खोसिएको जानकारी पाएको उहाँले बताउनु भयो । जनता टाइम्सबाट



















