• योगेश दाहाल 

बेलबारी,२५ असोज  । उम्मेदवार नपाए पछि असन्तुष्ट भई पार्टी परित्याग गरेका मोरङ निर्वाचन क्षेत्र ३ का एमालेका नेता कार्यकर्ताहरु पार्टीका कार्यक्रममा सहभागी हुन थालेका छन् ।

नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य  मधु गुरुङले पार्टी परित्याग गरेको घोषणा फिर्तालिएकी छिन ।  मंगलबार मोरङ निर्वाचन क्षेत्र ख को बैठकमा सहभागी हुदै आफुले पार्टी परित्याग गरेको कुरा दुर्घटना जस्तै भएको कुरा बताईन ।  प्रदेश नम्बर १ को  निबर्तमान सांसद समेत रहेकी गुरुङले बिगत भन्दा अझ सशक्त ढंगले पार्टी काममा लागिपर्ने बताएकी छिन । बिगतमा पार्टीले आफुलाई धेरै जिम्मेवारी दिई सकेको हुदाँ पार्टी प्रति कुनै गुनासो नरहेको पनि उनले बताइन । गुरुङ समानुपातिक तर्फबाट प्रदेश  सभाको लागि उम्मेदवारको  आकांक्षी थिईन ।

मोरङको बेलाबरीकी स्थायी बासिन्दा गुरुङ जनवादी तथा प्रगतिशील गीत गाउँदै जनचेतना जगाउने  तथा ०६२ / ६३ को जनआन्दोलन सफल पार्ने अभियानमा अग्रपंक्तिमा रही स्वरका माध्यमबाट जनतामा उत्साह भर्ने जनप्रिय गायिकाको रुपमा स्थापित छिन ।

बैठकमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भानुभक्त ढकालको प्रमुख आतिथ्यता र प्रदेश कमिटी सचिवालय सदस्य डिपीराई,प्रदेश कमिटी सदस्यहरु राजकुमार ओझासुरेन्द्रबहादुर थापा,सुदन चौहान,  क्षेत्र नम्बर ३  (ख) का उम्मेदवार ज्ञानेन्द्रप्रसाद सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

निर्वाचन क्षेत्र न. ३  (ख) का अध्यक्ष राजेश बस्नेतको अध्यक्षतामा बसेको बैठक लाई सचिव राम लुइँटेलले संचालन गरेका थिए ।