बेलबारी,२७ असोज । मोरङ क्षेत्र नं ३ (ख) मा प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता तिलक राईले उम्मेद्वारी फिर्ता लिएका छन । उनले बुधवार निर्वाचन आयोगको कार्यालय बेलबारी पुगेर उम्मेदवारी फिर्ता लिएका हुन ।
नेता राईले उम्मेदवारी फिर्ता लिदैं बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रहेका लक्ष्मीकुमार श्रेष्ठलाई समर्थन गरेको जानकारी गराएका छन । नेता राईले विज्ञप्ती मार्फत नेपाली राजनीतिमा देखापरेको प्रतिगमन, संघिय लोकतान्त्रिक गणतन्त्र, संविधान विरुद्द भइरहेको गतिविधिलाई परास्त गर्न बाम लोकतान्त्रिक गठबन्ध गरी गठबन्धनको उम्मेदवारलाई विजयी गराउन उम्मेदवारी फिर्ता गरेको बताएका छन ।
पछील्लो राजनीतिक परीवेशका कारण गठबन्धन गर्नुपरेको बताउदै गठबन्धनका उम्मेदवारलाई जिताउन आम कार्यकर्तालाई लाग्न समेत आग्रह गरेका छन । यस क्षेत्रमा माओवादीले टिकट नपाउनु दु:खको कुरा रहेता पनि हाललाई ति कुराहरु बिर्सिएर केन्द्रको निर्णय अनुशार एक ढिक्का भएर निर्वाचनमा होमिन नेता राइले आग्रह गरेका छन ।



















