काठमाडौं,२७ असोज  । नेकपा एमालेका तात्कालिन स्थायी कमिटी सदस्य प्रभु साह लामो समयदेखि भारत र गठबन्धनका नेताहरुको योजनामा एमालेबिरुद्ध परिचालित भएको तथ्य प्रमाणित भएको छ ।

नेकपा एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गरेसँगै साहको एमालेबिरोधी मिसनको पोल खुलेको हो । गठबन्धनले प्रभु साह उठेको रौतहट–३ मा साहलाई समर्थन गर्ने निर्णय गरेको छ । सत्ता गठबन्धनको भागबण्डामा रौतहट ३ नेकपा माओवादी केन्द्रको भागमा परेको थियो ।

सोही अनुसार माओवादी केन्द्रका तर्फबाट रवीन्द्र पटेल उम्मेदवार हुनुहुन्छ । माओवादीले पटेललाई पछि पार्दै समर्थन गर्ने निर्णय भएको छ । साहले उम्मेदवारी मनोनयनको दिन अध्यक्ष केपी शर्मा ओलीबाट रौतहटको चारै निर्वाचन क्षेत्रको टिकट लिएर गए पनि अन्तिम समयसम्म सम्पर्कबिहीन बनेर एमालेलाई उम्मेदवारीबाटै बञ्चित गर्ने षडयन्त्र बनाएका थिए ।

तर ओलीले पूर्वसुचनाको आधारमा अर्काे पत्र पठाएर बिफल बनाउनु भएको हो । त्यसो त साहले मधेश प्रदेशको सवै टिकट आफै लिएर जाने भन्दै सिंगो मधेसमा एमालेलाई उम्मेदवारीबाटै बञ्चित गराउने भारत र गठबन्धनको षडयन्त्रअनुसार काम गर्नुभएको थियो । तर अध्यक्ष ओलीलाई मधेश प्रदेशका इञ्चार्ज तथा पार्टी सचिव रधुबीर महासेठको पूर्वसूचनाले काम गर्यो । र त्यो षडयन्त्र बिफल भयो ।

साह गठबन्धनको मतियार बन्दा उहाँकै आग्रहमा स्वतन्त्र उम्मेदवारी दिनेहरुको सन्दर्भमा भने सत्तागठबन्धन मौन बसेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता असोज २३ गते भएको थियो । सोही दिन एमालेको टिकट त्यागेर प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । साहकै आग्रहमा रौतहटसहित मधेश प्रदेशमा अन्य नेताहरुले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

साह माओवादी पृष्ठभूमिकै नेता हुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा एकता भंग भएपछि साह एमाले अध्यक्ष केपी ओलीको पक्षमा लाग्नुभएको थियो । नेकपाको निरन्तरता भन्दै एमालेमा रहँदा साहसहित माओवादीका अन्य चार जना नेताले सांसद पदसमेत गुमाउनु परेको थियो । तर साह भारतको योजनामा सूचना दिन र अन्तिम समयमा घात गर्न एमालेमा रहेको प्रमाणित भएको छ ।