काठमाडाैं,२८ असोज  । एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला अध्यक्ष गगन रावल नेकपा एमालेमा फर्किनुभएकाे छ ।

शुक्रबार बाजुरामा आयोजित कार्यक्रममा रावल एमाले प्रवेश गर्नुभएकाे हाे । रावलसहित जिल्लाका दर्जनाैं नेता-कार्यकर्ता एमालेमा फर्किएका एमाले बाजुराले जनाएकाे छ ।

रावलसहितका नेतालाई एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य लालबहादुर थापा लगायतले पार्टीमा स्वागत गर्नुभएकाे छ ।

सुरुमा एमालेमै रहनुभएका रावल माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी खाेलेपछि माधवतिर लाग्नुभएकाे थियाे ।