बेलबारी,३० असोज । मोरङ क्षेत्र नं ३ मा प्रतिनिधि सभाको सदस्य तर्फको राप्रपाको उम्मेदवार रेखा थापाले रिक्सा चलाउँदै नागरिकसँग मत मागेकी छन् । आइतबार बेलबारी नगरपालिकाको वडा नं ११ मा भएको घरदैलो कार्यक्रममा रेखाले रिक्सा चलाउँदै नागरिकसँग मत मागेकी हुन् ।
घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी थापाले तेस्रो दिनको घरदैलो कार्यक्रम श्रमजीवी श्रमिकहरूसँग मत माग्दै सम्पन्न गरेकी छन् । दैनिक गुजारा चलाउने ई-रिक्सा चालक श्रमिकहरूसँग आत्मियता कायम गर्न उनले रिक्सा चलाउँदै मतदातासँग मत माग्न पुगेकी हुन् ।
मोरङको सुन्दरहरैंचा ९ स्थित जन्मथलो भएकी रेखाले मतदातालाई आकर्षित गर्न विभिन्न गतिविधि गर्दै आएकी छन् । घरदैलोमा थापाले विभिन्न स्थानमा पुगेर आफ्नो कुरा मतदातालाई सुनाएर हिँड्ने पुरानो प्रवृत्तिलाई तोड्दै मतदातासँग दोहोरो संवाद गर्ने गरेको देखिन्छ ।
उनले जनताको गुनासो सुन्ने र त्यसको सम्बोधन गर्ने तर्फ जोड दिने गरेकी छन् । नेपाली चलचित्रमा नायिकाको रुपमा स्थापित रेखा बिगत ८ बर्षदेखि राजनितीक क्षेत्रमा सक्रिय पुर्वक लागेकी छिन ।



















