✍️ राधाकृष्ण देउजा

भर्खर समाचारमा पढें कि निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाइ  रौतहटको चुनावी सभामा बोलेको एउटा विषयलाइ लिएर कारवाही गर्न भनेर निर्वाचन आयोगलाइ पत्र लेखेछ । गल्ती हुँदा कारवाही जोकोहीलाइ पनि हुनुपर्छ तर के गर्दै नगरेको गल्तिको लागि कारवाही गर्ने भन्ने हुन्छ ? हुदैन । त्यसरी बिना कसुर कारवाही गर्ने कामलाइ त पक्षपात भन्छन , अन्याय भन्छन र पूर्वाग्रही व्यवाहार भन्छन । हुन त दिनेश थपलियाको नेतृत्वको निर्वाचन आयोगले धेरै पटक देखिने बुझिने गरेर नै केपी ओलीको मनोकामना पुरा हुने काम गरेकै छ । चाहे त्यो नेकपा कालिन समयमा बहुमतको निर्णयले केपी ओली हटाउने कामलाइ अस्विकार गरेर होस वा त्यस्तै अरु थुप्रै प्रसँगहरु हुन । त्यसको लामो फेहेरिस्ता त इतिहास विदहरुले लेख्ने नै छन । अहिलेलाइ माधव नेपालले रौतहटमा बोल्नु भएको कुराहरु अनि त्यसैको आधारमा  निर्वाचन आयोगले गर्न खोजेको औचित्यहीन कारवाहीकै चर्चा गरौँ ।

सबै भन्दा पहिला जुन भिडिओलाइ कारवाहीको विषय बनाइएको छ त्यसमा भोजपुरीमा भनिएको छ कि रोजगारीकै कुरा गर्ने हो भने फ्री भिषा , फ्री टिकट , फ्री तालिम मिल्नेछ त्यो कार्यक्रमको सुरुवात भैसकेको छ  । पहिलो कुरा त चुनावमा लडने नेताले जहाँसुकै पनि आश्वासन बाँडने गर्छन , आफुले जितेमा यसो हुन्छ त्यसो हुन्छ भन्छन । त्यसलाइ पत्याउने नपत्याउने सुन्नेको कुरा हो , यो निर्वाचन आयोगले हस्तक्षेप गर्ने विषय हैन र हुन सक्दैन । त्यसमाथि माधव नेपालले त्यहाँ मान्छेलाइ पैसा दिएर विदेश पठाउने , जागिर दिने कुरा गर्नु भएकै हैन । त्यही भिडिओमै स्पष्ट बुझिन्छ कि वहाँले त्यहाँ आफ्नो पार्टी नेतृत्वमा रहेको श्रम मन्त्रालयले विदेश पठाउँदा फ्री भिष , फ्री टिकट र फ्री तालिमको जुन अभ्यास सकेको गरिरहेको छ त्यसको चर्चा गर्नु भएको हो  । त्यहाँ स्पष्ट भनिएकै छ कि त्यस्तो काम सुरु भैसकेको छ । हो यति स्पष्ट कुरालाइ अनदेखा गरेर , नजर अन्दाज गरेर हतार हतार प्रहरीलाइ पत्र लेखेर माधव नेपाललाइ कारवाही गर्नु भन्नु पूर्वाग्रह वाहेक के हो ? के सरकारले गरिरहेको कामहरुको चर्चा गर्न पनि अव दिनेश थपलियालाइ सोध्नु पर्ने भयो ? 

मनानीय दिनेश थपलियाज्यु यति सारो लाज लाग्ने काम , यति धेरै पूर्वाग्रह त  किन राख्नु पर्यो ? राख्नै परे पनि त अलिक आधार भएका कुराहरु गर्नु नि ? पुरा कुरै नसुनी नबुझी यत्तिकै हतारोमा कारवाहीको निम्ती तदारुकता ? जव त्यसको प्रतिउत्तरमा श्रम मन्त्रालयले विदेश जाने नेपालीहरुलाइ सकेसम्म फ्री भिष फ्री टिकटको ग्यारेण्टी गरिरहेको , तालिम दिइरहेको कुरा तथ्य सहित आउला अनि के गर्नु हुन्छ  ? तपाईंको यो कामले त कुनै हजुरबुवाले आफ्नो  नाती नातिनीलाइ नेपाली परम्परा बुझाउँदै गर्दा “ बाबु नानी हो  दशैंमा दक्षिणा दिइन्छ ” भन्दा पैसाको प्रोलोभन दिने ? भन्दै हजुरबालाइ औँला ठड्याउने जस्तो भएन त ? अवश्य भयॊ । मनानीयज्यु अलिक सम्हालिनुस  । यति धेरै पूर्वाग्रही चाहिं नहुनुस ।