काठमाडाैं,४असोज। नेपाली कांग्रेस र एकीकृत समाजवादीका भक्तपुरका नेताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवासमा बिहीबार साँझ आयाेजित एक कार्यक्रमबी काठमाडौं क्षेत्र नम्बर-४ का कांग्रेस निकट व्यवसायी प्रेम अग्रवाल र भक्तपुरका कांग्रेस नेता चन्द्र श्रेष्ठसहित ३५ जना एमाले प्रवेश गर्नुभएकाे हाे ।

कार्यक्रममा एकीकृत समाजवादी सिरुटारका नेता तथा स्थानीय तह चुनावमा साेही पार्टीबाट वडाध्यक्षका उम्मेदवार मिलन थापासहित १५ जना नेता एमाले प्रवेश गर्नुभएकाे छ ।

उहाँहरु सबैलाई एमाले अध्यक्ष ओली,पाेलिटब्युराे सदस्य महेश बस्नेत लगायत नेताले पार्टीमा स्वागत गर्नुभयाे ।

हेर्नुस् तस्विर: