काठमाडाैं,५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकट नपाएका हरुलाई मंसिर ४ पछि बन्ने गठबन्धन सरकारमा राजनीतिक नियुक्ति तथा राजदूतमा अवसर दिइने बताएका छन् । बाम लोकतान्त्रिक गठबन्धनले शनिबार विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले विशेष अवसर दिने आश्वासन दिएका हुन् ।
सानातिना कुरा बिर्सेर गठबन्धनका उम्मेदवारलाई जिताउन उहाँले नेता-कार्यकर्तालाई अपिल गरे । सानातिना कुरा बिर्सेर गठबन्धनका उम्मेदवारलाई जिताउन उनले नेता-कार्यकर्तालाई अपिल गरे । प्रचण्डले भने - 'गठबन्धनकाे पक्षमा जनमत सृजना गर्ने, गठबन्धनका उम्मेदवारलाई विजयी गराउने, भित्र मन जति दुखेकाे भएपनि राष्ट्रका अगाडि ती सबै सहायक हुन्छन्, संविधान, लाेकतन्त्र,गणतन्त्र र राष्ट्रकाे रक्षाका निम्ति गठबन्धनले बहुमत ल्याउनुपर्छ, त्यसपछि अवसरै अवसर हुनेवाला छ, हामीले जित्याैं र सरकार बन्याे भने अहिले टिकट नपाएका कैयाैं साथीहरु ठूलाठूला राजनीतिक नियुक्तिमा जान सक्नुहुन्छ,कैयाैं राजदूत भएर जान सक्नुहुन्छ, संवैधानिक नियुक्तिमा पनि अवसर पाइनेछ ।'
गठबन्धनले चुनाव नजिते धर्ती भासिने र आकाश खस्ने भन्दै उहाँले एकता र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । चुनावपछि अवसरै अवसर पाइने भएकाले मन नखुम्च्याउन समेत प्रचण्डले आवश्वासन दिए । उनले भने - 'अहिले कैयाैं साथीहरुलाई आफूले टिकट नपाएकाेमा नमिठाे कस्ताे-कस्ताे लागेकाे हाेला,मैले अनुहार हेर्छु देख्याछु,सबै पार्टीमा हाेला,याे लडाइँ अलि ठूलाे लडाइँ हाे, याे गठबन्धनले जितेन भने धेरै चिज गुम्छ देशबाट,अस्तिपनि हामीले समयमै पहल नगरेकाे भए, आन्दाेलन र गठबन्धन सँगसँगै नलगेकाे भए,देश करिबकरिब दुर्घटना हुने निश्चित थियाे,गठबन्धन नेताहरुकाे सक्रियता, सबैकाे सहयाेग र सद्भावका कारणले साे षड्यन्त्र विफल भयाे ।'गठबन्धन दलका नेता कार्यकर्ताले एकअर्कालाई भाेट हाल्न हिच्किचाउन नहुने पनि प्रचण्डले बताए ।



















