विराटनगर,१४ चैत । नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान (मिसन ग्रासरुट) २०७९ अन्तर्गत एकल तथा बृद्ध महिला रञ्जना कुमारी यादवको घरको छाना फेरिदिने कार्यक्रम सम्पन्न भएको छ। विराटनगर ८ बलुवाइ निवासी रञ्जना यादव अरुकै जग्गामा अरुले नै बनाएको एक कोठे माटाको घरमा बस्दै आएकी थिइन् ।
उनी बसेको घरको छानाको टिन फोहर फात पतिङगर जम्मा भइ कुहेकाले नेकपा एमाले वडा नम्बर ८ वडा कमिटीको अगुवाइमा स्थानीय नेता तथा कार्यकर्ताको सहयोगमा नयाँ टिन र बाँस अनि श्रमदान सहित छानो फेरिदिएको हो। ११ महिना अगाडि उनका श्रीमान् नन्दलाल यादवको उनी घरमा नभएको बेला हृदयघात भएर मृत्यु भएको थियो ।
घरको छानो फेरेर सरसफाई गरिदिएपछि दङ्ग परेकी यादव श्रीमानको मृत्यु भएदेखि आजसम्म आफ्नो हरेक दु:ख सुखमा एमालेले नै सहयोग गरेको स्मरण गर्दै खुशीले आँखामा छछल्किएका आँसु पुछ्दै भन्छिन् ''हामी जस्तो दु:खीको सहारा एमाले नै हो।''
सो कार्यमा निवर्तमान पुर्व राज्यमन्त्री एवम नेकपा एमालेका कोसी प्रदेश कमिटी सदस्य राजकुमार ओझा, प्रदेश कमिटी सदस्य राजेश थापा जिल्ला कमिटी सचिवालय सदस्य राजन भण्डारी,तिला शर्मा नगरकमिटी सचिवालय सदस्य एवम वडा न ८ ईन्चार्ज उषा बराल भण्डारी,सह ईन्चार्ज प्रमोद खतिवडा लक्षमण पोखरेल पेसागत माहासघ कोसि प्रदेश अध्यक्ष असेस लमसाल, पार्टीका नेता पशुपती नेपाल राजेश राय लगायतको सहभागिता रहेको थियो ।




















