कानेपोखरी,७ कार्तिक। नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा पदको उम्मेदवार भानुभक्त ढकालले चुनावी अभियानलाई तीव्र बनाएका छन् । उनले आफ्नो अभियानमा कार्यकर्ताहरुलाई जोड्दै अन्य पार्टीबाट नेता कार्यकर्ता पनि भित्र्याउदै आएका छन् ।

305656076_5865575720175368_7511812881872429512_n 1सोमबार मोरङको कानेपोखरी गाउँपालिकामा राष्ट्रिय युवा संघ नेपाल कानेपोखरीले आयोजना गरेको कार्यक्रममा माओवादीको प्रभावशाली नेता प्रवेश गरे । पथरीशनिश्चरे नगरका पूर्व वडा अध्यक्ष एवं माओवादी केन्द्रका नेता गोविन्दबहादुर भण्डारी नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

उनीसँगै वडाका अगुवा कार्यकर्ता भागवत पासवान, गोपाल ठटाल, कमल आचार्य, दिपक लोहार, नर्थ पासवान पनि प्रवेश गरेका छन् नेकपा माओवादीले सो क्षेत्रबाट प्रदेश र संघ दुवैमा उम्मेदवारी पाएको छैन् स्थानीय स्तरमा लोकप्रिय भण्डारीको प्रवेशले माओवादीलाई ठुलो धक्का लागेको छ  ।

311572402_5865582293508044_627212498762935948_nढकाल अहिले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रमहरुमा तीव्र रुपमा आफ्ना गतिविधिलाई अगाडी बढाएका छन् त्यस क्षेत्रका गठबन्धनका उम्मेदवारले उपचारको वहानामा भोट बार्गेनिङ गर्दै आफ्नो प्रचार गर्दै आएको अवस्थामा ढकालले भने त्यस क्षेत्रको विकास र समृद्धिको नारालाई अघि बढाएका छन् ।

अघिल्लो पटक आफू निर्वाचित भएपछि गरेका कामहरुको फेहरिस्त लिएर उनी जनताको दैलोमा पुगेका छन् उनीले आफ्नो पुरानो घरमा फर्केको बताए ।

311319168_5865575613508712_334967882852632377_n 1उनलाई क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार भानुभक्त ढकाल र प्रदेश सदस्य पदका उम्मेदवार  दिलिपकुमार राईले अविरको टिका लगाएर एमालेमा प्रवेश गराएका थिए । कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य ताराबहादुर काफ्ले, पर्शु मिश्र, देवराज भण्डारी, जिल्ला सचिवालय सदस्य भोला अधिकारी, दानबहादुर बस्नेत, भूपाल श्रेष्ठ लगायतको उपस्थिती  रहेको  थियो  ।

यसैगरी सुन्दरहरैंचा १ मा पनि शनिबार नेकपा माओवादी केन्द्रका ६६ घरपरिवार एमाले प्रवेश गरेका थिए । नेकपा एमाले  १ नम्बर वडा शाखा कमिटीको आयोजनामा भएको उम्मेदवार परिचय कार्यक्रमको अवसरमा माओवादी  केन्द्रका सुन्दरहरैंचा नगर कमिटीका सचिवालय सदस्य तथा १ नम्बर वडा इञ्चार्ज  एगेंन्द्रराज पौडेलको नेतृत्वमा उनीहरु प्रवेश गरेका थिए । सोहि कार्यक्रमबाट नेकपा एस बाट ४ जना र नेपाली कांग्रेश बाट २ जना एमालेमा प्रवेश गरे ।