काठमाडौं,९ कातिक । नेकपा (एकीकृत समाजवादी)बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका ६ जनाको नाम समानुपातीकको बन्द सूचीबाट हटेको छ।
निर्वाचन आयोगले एकीकृत समाजवादीका ओमचरण अमात्य, ताराकुमारी विश्वकर्मा, दिलु बुदुजा, सीताकुमारी शर्मा, लक्ष्मण चौधरी र जयन्तीकुमारी सारु मगरको उम्मेदवारी खारेज गरेको हो।
यस्तै, नेकपा (माओवादी केन्द्र)का अमलकुमारीदेवी मुखिया, शान्ति देवी मण्डल र उरमिला देवी कोइरनको नाम खारेज भएको आयोगले जनाएको छ। आयोगले प्रतिनिधि सभा र प्रदेश सभा गरी ५५० जनाको उम्मेदवारी खारेज गरेको छ।
‘नो नट अगेन’ लेख्न तथा भन्न नपाउने निर्वाचन आयोगको निर्णयमाथि कटाक्ष
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता डा. भीम रावलले ‘नो नट अगेन’ लेख्न तथा भन्न नपाउने निर्वाचन आयोगको निर्णयमाथि कटाक्ष गरेका छन् ।
रावलले सामाजिक सञ्जालमार्फत आयोगमाथि कटाक्ष गर्दै प्रश्न गरेका छन्, “कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ?”
रावलले आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र धारा १९ को सञ्चारको हकविरूद्ध भएको उल्लेख गरेका छन् ।



















