उर्लाबारी, १५ कात्तिक । मोरङ क्षेत्र नं. १ मा नेकपा एमाले सूर्य चिन्हका उम्मेद्वारलाई विजयी गराउन नेपाल उत्पीडित जातिय मुक्ति समाज, उर्लाबारी परिचालित भएको छ ।

मुक्ति समाजको आज बसेको सचिवालय बैठकले वडास्तरमा हुने जनवर्गीय संगठनको बैठकमा सहभागी हुने र एमाले जिताउने अभियानमा सक्रियताका साथ लागिपर्ने निर्णय गरेको छ । एमाले जिताउने अभियानमा वडा वडामा मुक्ति समाजका सदस्यहरु परिचालित भईसकेका छन् । उर्लाबारीका ९ वटै वडामा वडा इन्चार्ज तोकेर एमाले जिताउने अभियानमा लागिएको नगर अध्यक्ष तिलक नेपालीले जानकारी दिनुभयो ।

मुक्ति समाजले ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेर अघि बढेको छ । सबै वडामा वडास्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको र मंसिर ४ को निर्वाचनमा एमालेको पक्षमा जनलहर सिर्जना गर्ने अभियानमा समाज लागिपरेको छ ।

उत्पीडित जातिहरुको समस्या समाधान नेकपा एमालेको सरकारले मात्र गर्न सक्ने भएकाले एमालेको सरकार निर्माणका लागि सूर्य चिन्हका उम्मेद्वार जिताउने अभियानमा लागिएको अध्यक्ष नेपालीले जानकारी दिनुभयो ।