जुम्ला,२१ कात्तिक । जुम्लामा एकीकृत समाजवादीकाे सिंगाे जिल्ला कमिटी नै नेकपा एमालेमा समाहित भएको छ । साेमबार आयाेजित एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष आदिप्रसाद न्यौपानेसहित सिंगाे जिल्ला कमिटी नै एमालेमा फर्किएकाे हाे ।
एकीकृत समाजवादी निकट कर्मचारी र शिक्षक संगठन पनि एमालेमा समाहित भएकाे एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले जानकारी दिनुभयाे । सँगै हिँडेका साथीहरु पुन: एक ठाउँमा हुन पाउँदा अत्यन्तै खुशी लागकाे एमाले महतकाे भनाइ छ । त्यसैगरी जुम्लामा आज बाट नेकपा एकिकृत समाजवादी भन्ने पार्टि नै नरहेको एमाले प्रदेश कमिटी सदस्य टेकराज पछाईले बताउनु भयो ।
एमालेमा समाहित भएकाे घाेषणा कार्यक्रममा अध्यक्ष महत र एकीकृत समाजवादीका अध्यक्ष आदिप्रसाद न्यौपानेले नेता-कार्यकर्तालाई ७ बुँदे अपिल पनि गर्नुभएकाे छ ।



















