बेलबारी,३ मंसिर ।  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना मोरङका चार स्थानमा गरिने भएको छ । आइतबार निर्वाचनपछि मतगणना उर्लाबारी, बेलबारी, रतुवामाई र विराटनगर गरि चार स्थानमा गरिने भएको हो ।

मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । मोरङ क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालयमा गरिने छ ।  क्षेत्र  नम्बर २ को मतगणना रतुवामाई नगरपालिका (विश्वनाथ मन्दिर), क्षेत्र  नम्बर ३ मतगणना   बेलबारी नगरपालिकामा रहेको भगवती माध्यमिक विद्यालयमा गरिने छ । निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा गरिने छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा प्रारम्भिक चरणमा तीन वटा कोठा मतगणना स्थल बनाइएको छ ।  आवश्यकता परे अन्य थप गरिने मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले बताए । मतगणना स्थलमा   सिसि क्यामेरा  जडान गरिएको छ । एक मतगणना स्थलमा ६ गणकको टोलीलाई राखिनेछ । ५ मंसिर बिहानबाट मतगणना गर्ने तयारी  छ ।

315404130_2084556031714895_7357189037663278379_n