• हिक्मत बस्नेत 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भए पश्चात प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो आम निर्वाचन २०७९मङ्सिर ४ मा सम्पन्न भई मत परिमाण आउन सुरूभएको छ । यो निर्वाचनले देखाएको संकेतले गम्भिर रूपमा सोच्न सबैलाई बाध्य बनाएको छ :

१,   निर्वाचन प्रति जनतामा निराशा र उदासिनता देखियो त्यसैले खसेको मतदान प्रतिशत निकै कम देखियो ।

२. पुराना राजनीतिक दलहरूले अस्तित्व रक्षाका लागि र सत्ता साझेदारीका लागि गठबन्धन र तालमेल जति मिलाउन खोजे पनि सर्वसाधारणको भावना त्यसको विपरित नै देखियो गठबन्धनको इमान्दारिता हुबहु मतदानमा देखिएन।

३. नयाँ दल र स्वतन्त्त्र उम्मेद्वारहरूको पक्षमा अपेक्षा भन्दा वढिनै मतदान भयो यसले नेपाली जनमत विकल्पको खोजिमा छ भन्ने स्पष्ट सङ्केत गरेको पाइन्छ ।

४. पैसा, साधन र जिन्सी खर्चको पनि असिमित बितरण भयो यसले निर्वाचन प्रणालीलाई चुनौति दिएको छ । साथै राजनीतिक सङ्गठन र कार्यकर्ताको पङ्ति भन्दा आर्थिक आधारमा मात्र प्रचार अभियान सञ्चालन हुने अवस्था देखियो यसले दलीय आचरण कमजोर बनाएको छ र आधारभूत तहभन्दा राजनीति अभिजात्य वर्गतिर लक्षित बनेको संकेत गर्दछ।

५. राज्य शक्तिको सञ्चालनमा पुगेर अतिरिक्त शक्ति आर्जन गरेका नेताहरूले शक्तिको दुरुपयोग गरेको र मतदाताहरूलाई प्रभावमा पारेको पाईयो तर त्यसले सिमित दायराका मानिसहरूमात्र चलायमान बनाएको आधारभूत जनमत त्यसप्रति उदासिन देखियो यसबाट त्यस्ता नेताहरूको क्षेत्रका जनता निरीह जस्ता देखिए उनीहरूले चाहेर पनि स्वतन्त्र अभिमत प्रकट गर्न सकेनन् ।

६. यसपटक निर्चाचनमा प्रचारप्रसारका नाममा ठूलो धनराशी खर्च र समयको बचत चाहीँ भयो तर विद्धुतीय साधन र सञ्जालको प्रयोगमा जोडदिन खोजेता पनि त्यसको गुणस्तरीयता र विश्वसनियता प्रति मानिस ढुक्क हुन सकेनन् भद्दा प्रचार शैली र आधुनिक डिजिटल प्रचार शैलीको  मिश्रित प्रयोग भयो । 

७. देसको स्थायित्व विकास र समृद्धको नारा सबैले साझारूपमा उठाए ।   भ्रष्टाचार र अनियमितताको विरूद्ध सुशाषन र विधि र कानुनको परिपालना गरिनु पर्ने , अवस्था परिवर्तन गर्नु पर्छ भन्ने जस्ता कुरा पनि उठ्यो तर विशिष्ठ इस्यू बनाएर मतदाता र जनतालाई आस्वस्थ बनाउने र मुद्धा केन्द्रित बहस र छनोटको जुन आधार तयार हुनु पर्थ्यो त्यो देखिएन ।

८. पुराना वाद विचार र शिद्धान्त हेरेर मतदान गर्ने र स्पष्ट जनताको म्याण्डेट यो हो भन्नेकुरा बन्दै देखिएन तर साँकेतिक रूपमा मुलधारमा रहेका राजनीतिक शक्तिहरूले कार्य शैलीमा रूपान्तरित हुनुपर्ने कुरा र नेतृत्व नयाँ पुस्तामा हस्थानतरण गरिनु पर्ने अभिमत प्रकट भएको पाइयो ।

९. यो निर्वाचनले विश्वासको सङ्कट सबै प्रति रहेको  अभिमत प्रकट गरेको छ र निराशाको अभिब्यक्ति दिएको छ यसले परम्परागत राजनीतिक शक्तिहरूमा चाँडै बिद्रोह निम्त्याउने र बिग्रह पैदा गर्न सक्छ यसबाट बलियो बिकल्पको जन्म हुने सङ्केत देखिन्छ ।

बाकी अन्तिम मत परिणाम पछि देख्न, लेख्न सकिन्छ ।

(यी मेरा निजी विचार हुन् बहस खुल्लारूपमा गर्न सकिन्छ।)