काठमाडौं,१७ मंसिर । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीलाई अहिले थ्रेस होल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउन हम्मे–हम्मे परेको छ।
राष्ट्रिय दलको मान्यता पाउन समाजवादीले ३ लाख १० हजारदेखि २० हजार आसपास मत ल्याउनु पर्ने अवस्था छ। तर हालसम्मको मतका आधारमा नेकपा एस राष्ट्रिय पार्टी वन्नेमा आशंका उत्पन्न हुन थालेको छ। यद्यपी दोलखा, बाजुरा र स्याङजामा भने मतगणना चालु रहेकाले त्यसको परिणाम आउन बाँकी छ।
आयोगका अनुसार नेकपा एसले समानुपातिकतर्फ माधव नेपालको गृहजिल्ला रौतहटबाट सबैभन्दा धैरै मत ल्याएको छ । त्यहाँ ३२ हजार ७०० मत ल्याएको छ । भने सबैभन्दा कम मनाङ १७ मत मात्रै ल्याएको छ।




















