काठमाडौं,१७ मंसिर  । एमाले अध्यक्ष केपी शर्मालाई पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले शनिबार सम्मान सहित बधाई दिएको छ ।  

ओलीलाई अत्यधिक मतले निर्वाचित हुनु भएको र घेराबन्दीका बाबजुद पार्टीलाई पपुलर मतमा सबैभन्दा ठुलो पार्टी बनाउन कुशलता पूर्वक नेतृत्व गर्नु भएकोमा सम्मान सहित बधाई दिएको सहकारी विभाग प्रमुख एवं एमाले पोलिटब्युरो सदस्य कमल चौलागाईंले जानकारी दिनुभयो । ओलीलाई माला, खादा तथा पुष्प गुच्छा सहित सम्मानित गरेर बधाई दिएको थियो । 

सो क्रममा अध्यक्ष ओलीले सहकारी विभागले धेरै काम गर्नुपर्ने बताउनुभयो । उहाँले विभागले गर्नुपर्ने कामको बारेमा विभागको टोलीलाई निर्देशन समेत दिनुभएको थियो । 

टोलीमा विभागका प्रमुख कमल चौलागाईं, उपप्रमुख निर्मल भट्टराई, सचिव केबी उप्रेतीको सहभागिता थियो । त्यस्तै सदस्यहरू सरिता भट्टराई, सिता ढकाल, टेकप्रसाद चौलागाईं, भुवन घिमिरे, ज्ञानबहादुर तामाङ, खेम सुवेदी, देवराज पराजुली तथा केन्द्रीय सल्लाहकार कुलचन्द्र अधिकारी लगायतको पनि सहभागिता रहेको थियो ।