काठमाडाैं,२१ मंसिर  । नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । मंसिर ४ गते सम्पन्न प्रतिनधि सभा र प्रदेश सभा चुनावकाे प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै एमालेले बैठक बोलाएको हो ।

बैठक दिउँसाे १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयाे ।बैठकले केन्द्रीय सचिवालय बैठकका एजेण्डा तय गर्नेछ । यद्यपि सचिवालय बैठक कहिले बस्ने भन्ने अझै तय नभइसकेकाे अधिकारीले जानकारी दिनुभयाे ।

बैठकमा चुनावी समीक्षा, आगामी रणनीति लगायत विषयमा समेत हुने बताइएकाे छ । एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिव, उपमहासचिव र सचिवहरु सहभागी हुने व्यवस्था छ । 

मंसिर ४ गते सम्पन्न चुनावमा एमाले फेरि पनि देशकै सर्वाधिक ठूलाे र लाेकप्रिय पार्टी बनेकाे छ । एमालेले समानुपातिकतर्फ २८ लाख ४५ हजार ४६१ मत ल्याएको छ । प्रत्यक्षतर्फ भने एमाले ४४ सिट जित्दै दाेस्राे दल बनेकाे छ ।