काठमाडाैं,२८ मंसिर  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू घुमन्ते नेता भएकाे बताउनुभएकाे छ ।

बुधबार पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले फरक-फरक ठाउँबाट चुनाव लड्ने नेता आफू मात्र रहेकाे बताउनुभयाे ।

कहिले राेल्पा,कहिले सिरहा, कहिले चितवन, कहिले गाेरखाबाट चुनाव लडेकाे भन्दै प्रचण्डले अर्काे पटक कास्कीबाट चुनाव लड्न सक्ने सम्भावना रहेकाे समेत बताउनुभयाे । मंसिर ४ काे चुनावकाे माहाेल बनाउन आफू देशभरकै निर्वाचन क्षेत्रमा पुगेकाे प्रचण्डले बताउनुभयाे ।

‘म सुदूरपश्चिम,कर्णाली, गण्डकी, सुदूरपूर्व, मधेस सबैतिर गएँ, अरु आ-आफ्नाे क्षेत्रमा खटिनुभयाे, म मात्रै देशैभर घुमे, निर्वाचनकाे माहाेल बनाउन र निर्वाचन सफल बनाउनका निम्ति अपिल गरेँ र सफल पनि भयाे, म मात्रै यस्ताे नेता भएकाे छु, जाे पहिलाेचाेटी राेल्पा र काठमाडाैंबाट लड्याे, दाेस्राेपटक मधेसमै गएर त्यहाँका जनताकाे विश्वास जितेर सिरहामा गएर चुनाव लड्याे, त्यसपछि फेरि आफ्नाे गृह जिल्ला चितवन र अहिले भर्खरै गाेरखामा गएर त्यहाँबाट निर्वाचित भएकाे छु, भनेजस्ताे भयाे भने अर्काेपटक कास्की हुन पनि बेर छैन’-प्रचण्डले भन्नुभयाे ।

आफ्नाे बाँकी जीवन सुशासन र विकासकाे निम्ति खर्चने घाेषणा समेत प्रचण्डले गर्नुभयाे ।