काठमाडौं,१२ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रिपरिषदको पहिलो बैठकको निर्णय नै अस्वीकार गर्नुभएको छ । रविको असहमतिपछि सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ । सोमवार बसेको मन्त्रिपरिषद्ले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरिए पनि उहाँले उक्त प्रस्ताव नमानेपछि पौडेललाई प्रवक्ताको जिम्मेवारी तोकिएको छ ।

यद्यपी मन्त्रिपरिषद् बिस्तार नहुञ्जेलका लागि मात्रै पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले प्रवक्ताको जिम्मेवारी पाउने एक मन्त्रीले नेपाल प्रेससँग बताए ।