काठमाडौं,१२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकारमा नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा चार जना मन्त्री पठाइसकेको छ । विष्णु पौडेल उपप्रधान तथा अर्थ जिम्मेवारीसहित राजेन्द्रकुमार राई, ज्वालाकुमारी साह र दामोदर भण्डारीले विना विभागीय मन्त्रीका रूपमा शपथ खाइसकेका छन् । 

त्यस्तै, एमालेले अन्य केही नेताहरूलाई सरकारमा पठाउने तयारी छ । स्रोतका अनुसार एमालेबाट पदम गिरी, विद्या भट्टराई, भगवती चौधरी, टोपबहादुर रायमाझी, देवराज घिमिरे, रघुवीर महासेठ र छविलाल विश्वकर्मालाई मन्त्री बनाउने सम्भावना छ ।

emale-mantriसभामुख एमालेको भागमा परेको छ । यिमध्ये एक जना सभामुख बन्ने एक नेताले जानकारी दिए । एमालेले समानुपातिक सांसदलाई यो पटक मन्त्री नबनाउने तयारी छ ।

यो समाचार पनि - जिविस सदस्य हुँदै मन्त्रीसम्म राजेन्द्र राई, यस्तो छ उनको जनीति यात्रा

कठिन परिस्थितिमा भएको निर्वाचनमा प्रत्यक्ष निर्वाचन लडेर प्रमुख प्रतिस्पर्धीलाई हराउन सफलहरूलाई नै प्राथमिकता दिने तयारी छ । त्यसो हुँदा यो पटक सकभर प्रत्यक्ष निर्वाचित सांसदले अवसर पाउन सक्छन् । 

दृष्टि बाट