काठमाडौं,२३ पुस  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भनेर छलफल गर्ने विषय नै नभएको बताएका छन् । 

शनिबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले कांग्रेस प्रतिपक्षमा बस्ने र त्यसअनुसार नै भूमिका खेल्ने बताए ।

 ‘कांग्रेसले विश्वासको मतको खिलाफमा मतदान गर्छ, प्रतिपक्षमा बस्छ’, उनले भने ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  पुस २६ गते विश्वासको मत लिने भएका छन् । यदि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउन सफल भएमा यो सरकार राम्ररी दुई वर्ष सम्म जानेछ ।’