काठमाडौं,५ माघ। प्रतिनिधिसभाको सभामुख निर्वाचनको पूर्वसन्ध्यामा जनमत पार्टी सत्तारुढ गठबन्धनप्रति आक्रोशित बनेको छ।

सहमतिअनुसार मन्त्रालय नपाएको जनमत पार्टीले मधेसी र थारु समुदायमाथि शोषण र दमन भएको आरोप लगाएको हो। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जसपा, लोसपा, जनमत तथा नागरिक उन्मुक्तिपार्टीलाई शासक वर्गले पाखा लगाउन खोजेको आरोप लगाएका छन्।​

फेसबुक तथा ट्टीवरमा आक्रोश पोख्दै डा. राउतले मधेसले यसको प्रतिकार गर्ने चेतावनी दिए। उनले लेखेका छन्, ‘मधेसले यसको प्रतिकार गर्ने छ। सडक र आन्दोलनको विकल्प हामीसँग सँधै खुल्ला नै छ।’

डा. राउतले पश्चगामी चरम नश्लवादीहरुको झुण्डले पूरै मधेसी र थारुलाई राज्यबाटै बहिस्करणगर्दै यो देश तिम्रो होइन भन्ने सन्देश दिएको आरोप लगाएका छन्।