काठमाडौं,५ माघ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षाी दल मान्ने आधार नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सुवालले कांग्रेसको प्रतिपक्षी हैसियतमा प्रश्न उठाएका हुन् ।
उनले प्रतिपक्ष दल नतोकी संसद् बैठक सुरु नगर्न पनि सदनको ध्यानाकर्षण गराए । उनले कांग्रेसले हैसियत गुमाएपछि अब आफ्नो दल नेमिकिपा नै सदनको सबैभन्दा ठूलो प्रतिपक्षी दल भएको पनि जिकिर गरे ।
उनले नेमकिपालाई प्रमुख प्रतिपक्षी दल तोकेर मात्र संसद्को बैठक सुरु गर्न पनि सभाध्यक्षको ध्यानाकर्षण गराए ।‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबैभन्दा ठूलो राजनीतिक दल नेमकिपा हो । त्यसैले प्रमुख प्रतिपक्ष दल नेमकिपालाई घोषित गरियोस्’, सुवालले भने ।




















