सुनसरी,१२ माघ । नेकपा (एमाले)को भातृ संगठन अनेरास्ववियु १ नम्बर प्रदेश कमिटीको पुर्ण बैंठक सम्पन्न भएको छ । बुधबार इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा बैंठक बसेको हो । 

fsu 1प्रदेश कमिटीका अध्यक्ष गोकर्ण घिमिरेको अध्यक्षतामा बसेको बैठकमा अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नम्बर १ ईन्चार्ज लोकेश निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

काठमाडौंमा फागुन २-४ गते सम्म हुने अनेरास्ववियुको २३ औं राष्ट्रिय  महाधिवेशन केन्द्रित रहेका एजेन्डा माथी छलफल भएको संगठनका सचिवालय सदस्य जीबी गजलले जानकारी दिए । उक्त बैंठकमा अनेरास्ववियु केन्द्रिय महासचिव समिक बडाल, सचिव डम्बर अधिकारीको  विशेष आतिथ्यता रहेको  थियो । 

fsu 2 बैंठकमा अनेरास्ववियु १ नम्बर प्रदेश भित्रका जिल्ला अध्यक्षहरु,प्रदेश कमिटीमा आवद्ध नेताहरु, केन्द्रिय कमिटीका नेताहरुको सहभागिता रहेको थियो। बैंठकमा अनेरास्ववियुलाई पुनर्ताजगी गर्ने, संगठनलाई गतिशील,अनिवार्य रुपान्तरण र पुस्तान्तरणको बिषयमा पनि प्रमुख अतिथि निरौलाले सम्बोधन गरेका थिए ।

उनले देशकै ठूलो संगठनको २३ औं राष्ट्रिय  महाधिवेशनमा महत्त्वपूर्ण भुमिका रहने प्रतिनिधिका बिषय,अनेरास्ववियुका केन्द्रिय मातहतका कमिटीहरुमा रहने जिम्मेवारी, दायित्व लगायतका महत्वपुर्ण विषयका पनि केन्द्रीय उपाध्यक्ष निरौलाले जानकारी गराएका थिए । 

fsu 6यस्तै, निरौलाले अबको महाधिवेशनबाट चयन हुने केन्द्रिय कमिटी झनै चुस्त, दुरुस्त र छरितो बन्ने भएकोले २३ औं राष्ट्रिय महाधिवेशन हालसम्मकै ऐतिहासिक महत्त्वको रहने पनि बताए । साथै उनले सबैले आ आफ्नो स्थानबाट जिम्मेवार दङ्गले जिम्मेवारी पुरा गर्दै  प्रतिबद्ध भएर लाग्न पनि निर्देशन दिएका थिए ।

fsu 9देशका धेरै जसो  महत्त्वपूर्ण क्याम्पसहरुको स्ववियुमा जित हासिल गर्न सफल भई विधार्थीहरु माझ अनेरास्ववियु लोकप्रिय संगठन भएको उनले बताए । आउदो चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा  धेरै क्याम्पसहरुमा अनेरास्ववियुले विजयी हासिल गरेर देशका सबैभन्दा ठुलो  विद्यार्थी संगठन हुने पनि नेता निरौलाले दाबी गरे ।

प्रदेश १ का स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा अनेरास्ववियुलाई जिताउन प्रतिबद्ध भएर लाग्न पनि नेता निरौलाले निर्देशन दिए ।