पथरीशनिश्चरे,१२ माघ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको १२ औं नगर सभाबाट दुई वटा विधेयक पारित गर्नुको साथै १० वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

नगरपालिकाको सभाहलमा आज पत्रकार सम्मेलनको आयोजना गरी सभाले पारित गरेको निर्णयहरु र पौष मसान्तसम्म (६ महिना)को प्रगति विवरण सार्वजनिक गरेको हो । नगरसभाबाट विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन र शिक्षा सम्बन्धी विधेयक पारित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।  

327569011_945948343059185_3506452001922892712_nपत्रकार सम्मेलनमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले, वडा अध्यक्षहरु भीम राई, नैना राई, जीवन खतिवडा, उद्धवराज बस्नेत, कार्यपालिका सदस्यहरु, कर्मचारीहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता नवीन कार्कीले विज्ञप्ति वाचन गरेर निर्णयहरु सार्वजनिक गरेका हुन् । कार्यक्रम नगरको सूचना संयोजक सन्तोष राईले सञ्चालन गरेकाे कार्यक्रमा नगरका शाखा प्रमुखहरुको पनि उपस्थिति रहेको थियो ।

  नगरसभाले सुकुम्बासीलाई जसको जग्गामा बसे पनि जोतभोगको आधारमा धनीपुर्जा दिन संघ, प्रदेश सरकारलाई अनुरोध गर्ने, सुकुम्बासी बसेको जग्गाको राजस्व (कर) नगरले नलिने, अध्ययन गरेर नगरमा सर्पदंशको उपचार केन्द्र स्थापनाको लागि पहल गर्ने निर्णय भएको छ ।

327556592_3023303264639129_4469083026914089081_n

यसैगरी नयाँ स्थापना गरेको पूर्वि र पश्चिम बस स्टेण्टमा सार्वजनिक शौचालय निर्माण गर्ने, नगर क्षेत्रमा रहेको डाँस, सुनझोडा र बक्राहाको नदीजन्य पदार्थ छिमेकी पालिकाहरुले उत्खनन तथा बिक्री वितरण गरिरहेको बारे जिल्ला समन्वयसँग समन्वय गरेर सो कार्य रोक्न प्रकृया अघि बढाउने निर्णय भएको छ ।

 ल्याण्डफिल्ड साइडको उर्लाबारी लगायतको छिमेकी पालिकाहरुसँग समन्वय गरेर स्थानन्तरणको प्रयास थाल्ने, समस्या अध्ययन गरेर सेवाग्राहीले विगत आर्थिक वर्षहरुको घर नक्सा पासको प्रतिलिपि उपलब्ध गराउने लगायतको निर्णय भएको उल्लेख छ । पत्रकारहरुको प्रश्नको जवाफ दिदै नगर प्रमुख तुम्वापोले गए आर्थिक वर्षमा भेटनरी व्यवसायीहरुले कर वृद्धि बारे गुनासो गरेपछि त्यसलाई घटाइएको जानकारी दिए। 

पुस  मसान्तसम्मको प्रस्तुत प्रगति विवरणमा नगर अधिवेशनले गए आर्थिक वर्षबाट पारित बजेट संशोधन गरिएको छ । पौष मसान्तसम्म चालुतर्फ ३९ र पुँजीगततर्फ १९ प्रतिशत खर्च भएको उल्लेख छ । यो अवधिमा ७६ जना विरामीलाई १५ हजारको दरले उपचार खर्च वितरण गरिएको उल्लेख छ । 

नगरपालिकामा छ महिनामा एक हजार, २०१ जनाको जन्म र ३५३ जनाको मृत्यु दर्ता भएको छ । 

 यस अवधिमा ५८१ जोडिको विवाह र ८५ जोडीको सम्बन्ध विच्छेद भएको विवरण उल्लेख छ । बसाइ जाने भन्दा पथरीशनिश्चरेमा आउनेको संख्या बढी छ । यो छ महिनामा ४४७ वटा घट्नामा एक हजार ३०४ जनाले नगर छाडेका छन भने ७०१ वटा घट्नाबाट दुई हजार ८६ जना नगरपालिका आएका छन् । प्रगति प्रतिवेदनमा ठेक्का र उपभोक्ता समिति मार्फत् भइरहेको विकास निर्माणको विवरणहरु उल्लेख छ ।