काठमाडाैँ,१५ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिमा दाबी गर्ने भए आफूलाई सत्तापक्ष घोषणा गर्नुपर्ने बताएका छन् ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा एमाले महासचिव पोखरेलले प्रतिपक्षमा बसेर कांग्रेसले राष्ट्रपतिमा दाबी गर्नु उपयुक्त नभएको बताए । उनले कांग्रेसले आफूलाई प्रतिपक्ष भन्ने र अर्कोतिर सत्ताको हिस्सेदारी खोज्नु अलोकतान्त्रिक भएको बताए ।
महासचिव पोखरेलले सत्तापक्षले आन्तरिक समझदारीमा राष्ट्रपतिको उम्मेदवार उठाउने पनि बताए । उनले कांग्रेस वर्तमान सत्ता समीकरणलाई तत्काल विघटन गर्न कुत्सित मनशायका साथ बसेको आरोप लगाए ।