काठमाडौँ,१६ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुझाव दिएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले सभापति लामिछानेलाई सम्बोधन गर्दै रास्वपाले अपमानित भएर सरकारमा नबसी जनताको आवाज घन्काउनु पर्ने सुझाव दिएका हुन् ।

मेयर साम्पाङले रास्वपाले त्यसो नगरे अर्को निर्वाचनमा एक सीटमात्रै आउने समेत उल्लेख गरेका छन् । ‘यति धेरै अपमानित भई भई सरकारमा बस्नु हुँदैन रवी जी र वहाँको पार्टीले सरकार छोडेर प्रतिपक्षमा जनताको आवाज घन्काउनुपर्छ नत्र अर्को चुनावमा १ सीट मात्रै आउनेछ !’ उनले लेखेका छन् ।