वीरगञ्ज,२९ माघ । नेकपा एमाले केन्द्रीय सदस्य रचना खड्काले एमालेका सबै जनसंगठन स्पष्ट नीति र दृष्टिकोणका साथ अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले वीगञ्जमा आयोजना गरेको संगठन सुदृढीकरण कार्यशालालाई आइतबार सम्बोधन गर्दै खड्काले एमाले विरुद्धका घेराबन्दीलाई असफल गराउन जनवर्गीय संगठन खारिएर निस्किनु पर्ने बताउनुभयो ।
नेकपा एमालेको जनताप्रति धेरै उत्तरदायित्व भएको बताउँदै उहाँले त्यसको लागि योग्य पार्टी संगठन निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘नेकपा एमाले जनताले सबैभन्दा धेरै विश्वास र भरोसा गरेको पार्टी हो, जनताले एमालेको विकल्प देखेका छैनन्’, उहाँले भन्नुभयो ।
नेकपा एमाले र यसका जनवर्गीय संगठनले आफूले आफैँलाई फर्केर हेर्न आवश्यक रहेको उहाँले बताउनुभयो । जनसंगठन निर्माणको उद्देश्य प्राप्तिको लागि सबै नेता कार्यकर्ता लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
पार्टी र संगठन विचारले बाँच्ने उहाँले बताउनुभयो । पार्टी र संगठन विचार र संरचनाको उचित संयोजनले मात्र संगठन बन्ने उहाँले प्रष्ट पार्नुभयो ।
नेकपा एमालेलाई कमजोर बनाउन गरिएका सबै प्रयासलाई जनसंगठन बलिया भए मात्रै असफल गराउन सकिने उहाँले बताउनुभयो ।





















