केराबारी,२२ फागुन । मोरङको केराबारी स्थित खदम खोलामा रहेको भाइरल पुलमा राष्ट्रिय झण्डा राख्ने कार्यक्रम गरिएको छ ।
नेकपा एमाले निकट राष्ट्रिय युवासंघ नेपाल केराबारी गाउँपालिका कमिटीले सोमबार एक कार्यक्रम गर्दै राष्ट्रिय झण्डा राखेको हो ।
युवा संघ नेपालका केन्द्रीय सदस्य तथा केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङको प्रमुख आतिथ्यता राष्ट्रिय झन्डा राख्ने कार्यक्रम भएको राष्ट्रिय युवा संघ केराबारीका अध्यक्ष मिथुन देवानले जानकारी दिए । त्यसैगरी सो अवसरमा एमाले मोरङ जिल्ला कमिटी उप सचिव शान्तीकुमारी लिम्बू गाउँपालिकाकी उपाध्यक्ष मनु मगर नेकपा एमाले केराबारीका अध्यक्ष पुर्णबहादुर मगर सचिव भीम कार्की युवासंघ मोरङका संयोजक प्रविन घिमिरे लगाएतको उपस्थिती रहेको थियो ।



