विराटनगर,२९ फागुन । कोशी प्रदेशको एकमात्र महानगर विराटनगरले पाँच हजार पार्टी सदस्यलाई नविकरण गर्ने अभियान सुरु गरेको छ। मिसन ग्रासरुट अभियान अन्तरगत महानगरका १९ वडा कमिटी र १७४ वटा टोल कमिटीको भेला बैठक गरिरहेको छ।

महानगर कमिटीका अध्यक्ष सागर थापाले महानगरभित्र नेकपा एमालेका पाँच हजार संगठित सदस्य रहेका र तिनीहरुको अवस्था बुझ्ने र सदस्यता नविकरण गर्दै मिसन ग्रासरुटलाई अघि बढाउने काम भइरहेको जानकारी दिनुभयो।

पार्टीका केन्द्रीय प्रतिनिधि विशाल भट्टराई पनि ग्रासरुटको नेतृत्व गरेर टोलटोलमा पुगेर कार्यकर्तालाई उर्जा दिने काम भइरहेको थापाले बताउनुभयो ।

आज मात्र विराटनगर ११ स्थित बुद्धबिहार टोल संगठनको आयोजनामा वृक्षरोपणको काम गरिएको उहाँले बताउनुभयो । मिसन ग्रासरुटको कार्यक्रम दिनहुँ रुपमा महानगरमा भइरहेको र चैत १० गतेभित्र टोलका सबै अधिवेशन सम्पन्न गरिसक्ने थापाले जानकारी दिनुभयो ।