विराटचोक,१४ चैत । नेकपा एमालेको भातृ संगठन रास्ट्रीय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीले सन्ध्याकालिन प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
जिल्ला कमिटीका संयोजक प्रविण घिमिरेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका पोलिटव्युरो सदस्य तथा युवा संघका सह इञ्चार्ज महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेल,महासचिव क्षितिज थेवे लागायतले प्रशिक्षण दिनुहुने जाकारी प्राप्त भएको छ ।
मंगलबार सुन्दरहरैँचाको त्रिवेणी रिसोर्टमा भएको कार्यक्रमले जिल्लाको आयोजक कमिटी समेत घोषणा गरिने युवा संघका कोसी प्रदेश कमिटीका सदस्य जयप्रकाश रायामाझिले जानकारी दिनु भयो ।
युवा संघले बदलिँदो परिवेश र सहरी क्षेत्रमा समय ब्यावस्थापनलाई मध्यनजर गरि सन्ध्याकालिन कार्यक्रमहरु गरेर नयाँ सिराबाट युवा अभियान,आन्दोलन र कार्यक्रमहरु लिएर आफ्नो समुदायमा प्रभाव पार्ने कुराको युवा संघका उपमहासचिव विजय डाँगीले जानकारी गराउनु भयो । साथै समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षालाई पुरा गर्न युवाहरुलाई सहभागिता गराई परिचालन गरिने र अभियानता बनाईने डाँगीले बताउनु भयो ।
उक्त कार्यक्रम युवा संघका केन्द्रिय नेताहरु मनोज राई,सुमन मिरिङचिङ,अन्जु सिग्देल लगायत जिल्लाका तीन सयभन्दा बढि युवाहरुको उत्साहजनक उपास्थिति रहेको युवा संघ सुन्दरहरैँचाका नगर अध्यक्ष भविनजंग पाण्डेले जानकारी जानकारी दिनु भयो ।























