काठमाडाैं,२६ चैत । नेकपा एमालेका नेता भीम रावलले सत्तारुढ गठबन्धन सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि ८ प्रश्न गरेका छन् । शनिवार साँझ सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले प्रश्न गरेका हुन् ।

नीति तथा कार्यक्रममा गठबन्धनको संस्कृति विकास गर्ने भनिएकोप्रति उनले सोधेका छन्, ‘के अबदेखि दलले एक्लै चुनाव लडेर बहुमत ल्याउन नहुने हो ?’ संविधानमा परिमार्जन गर्ने सन्दर्भमा के कुरा थप्न र संशोधन गर्न खोजिएको हो भनेर उनले प्रश्न गरेका छन् । विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रक्रिया र विधि के हो भनेर पनि उनले प्रश्न गरेका छन् ।

धर्मको आधारमा हुने विभेद हटाउने भनिएकोप्रति उनले सोधेका छन्, ‘कुन धर्मलाई कसले गरेको कस्तो र के विभेद हटाउने भनिएको हो ?’

यस्ता छन् नेता रावलका प्रश्न –