बारा,६ बैशाख । यतिखेर बाराको निर्वाचन क्षेत्र २ मा उपनिर्वाचनको मिति नजिकदै छ । बैशाख १० गते हुने उपनिर्वाचनमा नेकपा एमालेका उमेदवार पुरुषोत्तम पौडेलको चर्चा चुलिदै गएको छ । गाउँ गाउँबाट जनलहर बढेको छ भने पौडेलको जित निश्चित नै जस्तो देखिएको छ ।

उनै पौडेलको राजनितिक यात्रा यस्तो छ । पुरुषोत्तम पौडेल पंचायतीकालमै जनपक्षीय उम्मेदवार भएर तत्कालीन निजगढ पंचायतको प्रधानपंच निर्वाचित भएका थिए ।

नेपालको मात्र होइन संगठीत सदस्य भएका हिसावले संसारकै दोश्रो ठुलो लोकप्रिय बिद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सदस्य भएका निकै प्रगतीशल नेता हुनुहुन्छ ।

०४८ मा कम्युनिष्ट आन्दोलनको उर्वर भूमी बारा जिल्लामा नेकपा एमालेको पार्टी सचिवको जिम्मेवारी पुरा गरेका नेता  अहिले नेकपा एमालेको पोलिटव्युरो सदस्य एवं मधेश प्रदेशको सह इन्चार्जको जिम्मेवारीमा क्रियाशिल हुनुहुन्छ ।

बाराबाटै एक पटक प्रतिनिधि सभामा एक पटक र संबिधान सभामा एक पटक निर्वाचित पौडेल मधेश प्रदेशमा एमालेका निकै सम्भावना भएका नेताको रुपमा परिचित  हुनुहुन्छ ।

बैचारिक नेताको रुपमा आफनो नेतृत्व कौशल प्रमाणीत गरिसकेका नेता पौडेल शालीन तथा भद्र नेता हुनुका साथै  बारा जिल्लाको जनजनको मनमा बस्न सफल हुनुभएको छ  ।

बाराको निर्वाचन क्षेत्र नं २ तुलानात्मक रुपमा नेकपा एमाले कमजोर ठानिएको क्षेत्र हो तर निर्वाचनको मैदानमा पुरुषोत्तम पौडेललाई उम्मेदवारको रुपमा प्रस्तुत गर्ने पार्टी निर्णयले “कोरामिन”सूईको काम गरेको छ ।

पौडेलको उम्मेदवारीले “भेन्टिलेटरमा पुगेको बिरामी उठेर आफनो दैनीकीमा फर्के जस्तो भएको एमालेका स्थानीय  कार्यकर्ताहरुको बुझाई छ ।

पार्टी छिन्न भिन्न भएको थियो भेन्टिलेटरमा भएको भएको पार्टी अहिले निर्वाचन रुपी संघर्षको अग्रमोर्चामा आएको एमालेका नेता जवलन्धर सिंहको टिप्पणी छ ।

बारा जिल्लाको निर्वाचन क्षेत्र नं २ यस्तो निर्वाचन क्षेत्र हो जसको सबै वडामा एमाले छ । सदैव हसिलो र सहज रुपमा प्रस्तुतहुने नेता पौडेललको बोलीमा बिश्वास र मिठास एकैपटि अनुभव गर्न पाइन्छ ।

मधेशलाई सामुदायीक र जातीयरुपमा बिभक्त गरेर राजनीति गर्दै आएका उपेन्द्र यादवलाई अहिले बारामा जातीयताको बिरोधमा भाषण गर्नु परेको छ ।

साम्प्रदायीकताको बिरोध गर्नु परेको छ । अझ त्यो भन्दा बढी नेपालको शरहद भित्र कोही बाहिरिया र भित्रिया नहुने कुरा स्थापित गराउनु परेको छ ।

यि तीनवटै कुरा यादवले आफनो राजनितिक शक्ति र सत्ता प्राप्तिका निम्ति उपयोग गर्नु भएको थियो  । आज बाराको क्षेत्र नं २ बाट चुनाव जित्नकालागि यही तीनवटा बिषयको बिरोधमा यादवको अभियान चल्दो छ ।

यादवका बिरुद्ध मधेशमा डा.सी.के राउतले बैकल्पीक नेतृत्वको रुपमा उदाउने प्रयास गर्दै गवजको चुनौती दिनु भएको छ । त्यसको प्रभाव बाराको क्षेत्र नं २ पनि देखिएको छ ।

तर कम्युनिष्ट आन्दोलनको उर्वर भूमी बाराको २ मा कम्युनिष्ट आन्दालेनबाट बिभिन्न कालखण्डमा बिभिन्न कारणले अलग थलग भएर बसेका पुरना कम्युनिष्टहरु एकै पटक बेगवान उर्जा र उत्साहका साथ पौडेलको वरिपरि गोलवद्ध हुदै आएका छन र  सिंगो पार्टी एक भएको छ । आन्तरिक रुपमा यति बजवुतीकासाथ नेकपा एमाले चुनावी मैदानमा उत्रिएको छ की आम मान्छेहरु त्यसबाट प्रभावित भएका छन । त्यसमाथि एमाले नेता पौडेल निकै बौद्धिक र ब्यवहारिक नेताको रुपमा स्थापित हुनुहुन्छ  ।

पौडेल बाराका कै हुनुहुन्छ उहाँ जनताको बीचमै रहनु भएको नेता हुनुहुन्छ । लोककल्याणका लागि  एमाले सरकारले गरेका कामहरु विकास निर्माण काम पौडेलका निम्ति सवल पक्ष हुन भने विकास प्रतिको उनको दृष्टिकोण र क्षेत्रमा विकासका निम्ति उहाँले देखाएको मार्गचित्र जनताले पत्याउने खालका छन ।

उहाँ  टोलटोलामा पुग्नुहुन्छ आम जनता र मतदाताको बीचमा सजिलै घुलमिल हुनुहुन्छ स्थानीय भाषामा दख्खल छ जनताले बुझने गरि आफना कुरा राख्नुहुन्छ  । खेतमा काम गरिरहेका जनताको बीचमै पुग्नुहुन्छ ।

मन्द र मीठो मुस्कान त उहाँको बिशेषता नै हो । यादव हराउन अभियानको फाइदा पनि पौडेलले प्राप्त गर्नुहुने छ  । यादवलाई जिताएर उनीसंगै भोलीको दिनमा प्रतिस्पर्धा गर्ने कुरामा कतिपय यादव नेताहरुपनि चाहिरहेका छैनन । यस्तोमा बारा क्षेत्र नं २ नेकपा एमालेकोलागि निकै सम्भावना भएको क्षेत्र बनेको छ ।

पचरौता नगरपालिका एमालेको आधार क्षेत्र नै हो । कोल्वीको वडा नं ८ करैयामाई देवताल तथा सुवर्ण गाउँपालिकाका सबै वडामा एमाले कडा प्रतिस्पर्धा दिने अवस्थामा रहेकोले बाराका क्षेत्र २ को स्थानीय राजनीतिमा बारिहकालाई हराउने अभियानको फाइदा नेकपा एमालले पाउने अधारहरु बन्दै गएकोले बारा २ मा एमालेको झण्डा फहरिन सक्ने राजानिक विश्लेषकहरुको भनाई रहेकोछ ।