काठमाडौं,२३  बैशाख । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन बिभाग प्रमुख बिष्णु रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणमा किटानी गरिएका तालुकवाला मन्त्री (तात्कालिन गृहमन्त्री) बालकृष्ण खाणलाई तत्काल पक्राउ गर्नुपर्ने बताउनु भएको छ ।

तालुववाला मन्त्री नभए पनि बयानमा नाम जोडिएपछि पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी गरिएको तर उही मुद्धामा पक्राउ परेका तात्कालिन गृहसचिवले नै नाम किटानी गर्दासमेत किन केही प्रक्रिया अघि बढेन भनेर रिजालले प्रश्न गर्नुभएको हो ।

नेता रिजालले पम्पादेवीहरु भनेर नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालसहितका केही सांसद र महिला नेतृको समेत नाम जोडिएको भन्दै खाणसहित पम्फादेवीहरुलाई पक्राउ पुर्जी जारी गर्न किन ढिलाई भइरहेको छ ? भनेर प्रश्न गर्नुभएको छ ।

‘तालुकवाला मन्त्री नभए पनि टोपबहादुर रायमाझीलाई पक्राउ पूर्जी जारी गर्ने प्रहरीले सम्बन्धित व्यक्तिहरूले किटान गर्दा पनि तालुकवाला मन्त्री बालकृष्ण खॉड र शक्तिशाली ‘पम्फादेवी’हरूका नाममा पक्राउ पूर्जी जारी गर्न किन ढिलाइ गरिरहेको छ ? प्रहरी संगठन सत्ताको गोटी नबनोस,’ सामाजिक सञ्जालमा नेता रिजालले लेख्नुभएको छ । 

जनताटाइम्स बाट