विराटनगर,१४  चैत । नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नेपाली राजनीतिमा लाज सरम नभएको व्याक्तिको आरोप लगाउनुभएको छ ।

सोमबार विराटनगर ४ स्थित नेकपा एमालेको साझा दुग्ध फारम टोल भेलामा बोल्दै  नेता भट्टराईले यस्तो आरोप लगाउनु भएको हो ।

प्रचण्डले पहिला एमालेलाई धोकेवाज,प्रतिगामी भन्दै १९ पेजको प्रतिवेदन लेखेर केपी ओली लाई शत्रु सराप गालि गरे  तर पुष १० गतेकादिन प्रधानमन्त्री खान लाज सरम पचाएर उनि बालकोट पुगे ' नेता भट्टराईले जिकिर गर्नु भयो ।

 नेकपा एमाले संसदिय दलको पुर्व प्रमुख सचेतक समेत रहनु भएका  भट्टराइले केपी ओली लाई बार्दलीमा पुर्यायौ भन्ने प्रचण्ड प्रधानमन्त्री कांग्रेसले नदिने भनेपछि आगाडिको सबै कुरा लाचपचाएर खुरर कुदेर बालकोटको बार्दलीमा नारिएर हात हल्लाउन पुगेको पनि कुरा बताउनु भयो । राष्ट्रपति,सभामुख र ४ ओटा प्रदेशको सरकार चलाउन एमालेलाई दिने सहमती गरेका प्रचण्डले प्रधानमन्त्री भैसकेको  भोलि पल्ट देखि राष्ट्रिय सहमति चाहिछ भन्दै धोका दिएको कुरा भट्टराईले व्याक्त गर्नु भयो ।

पार्टीको मिसन ग्रासरुट अभियानको क्रममा टोल भेलाका सहभागी नेता कार्यकर्ताहरुलाई जनताको हरेक समस्याहरुमा सहयोग गर्न पनि भट्टराईले निर्देशन दिनु भएको थियो  । त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि पार्टीका कोसी प्रदेश कमिटी सदस्य तथा पुर्व राज्यमन्त्री राजकुमार ओझाले एमाले देश र जनाताको हित गर्ने र बिगतमा एमालेले राम्रो कामगरेको कुरा व्यक्त गर्नु भयो ।

May be an image of 8 people and people standingभेलाले लीला आचार्यको अध्यक्षतामा २६ सदस्यीय टोल कमिटी पुनर्गठन गरेको छ । कमिटीको उपाध्यक्षमा कमला रिजाल,सचिवमा राधा खतिवडा,उप सचिवहरुमा गिता पोखरेल,दीपनारायण थानदार र सदस्यहरु रहेका छन ।

टोल कमिटीका निवर्तमान अध्यक्ष ईश्वर ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय विभाग सदस्य बद्री अर्याल,जिल्ला कमिटी सचिवालय सदस्य गणेश लुइँटेल, महानगर उपसचिव नवराज नेपाल लगायतको आथियता रहेको थियो भने  वडा कमिटीका सचिव नवराज काफ्लेले कार्यक्रम संचालन गर्नु भएको थियो । 

May be an image of 6 people, people standing, people sitting, people walking, road and crowd

May be an image of 5 people, people sitting, people standing and outdoorsMay be an image of 5 people, people sitting, people standing and outdoors