झापा,२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुबा मोहनप्रसाद ओलीको ९३ औं जन्मदिन झापाको पृथ्वीनगर स्थित घरमा मनाउनु भएको छ ।

316293931_192414236680789_8278137254528903791_nदमकमा रहनु भएका अध्यक्ष ओली पृथ्वीनगर स्थित घरमा पुगेर बुबा मोहनप्रसादलाई सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना दिनुभएको छ । यसैगरी अध्यक्ष पत्नी राधिका शाक्यले पनि सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ ।

मोहनप्रसादले अध्यक्ष ओलीलाई पनि निर्वाचनमा विजय र देशका लागि थप काम गर्ने अवसर प्राप्तीका लागि शुभकामना दिनुभएको एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालले जानकारी दिनुभएको छ ।