मधुमल्ला,२७ चैत । नेकपा एमालेको ‘मिसन ग्रासरुट अभियान’ अन्तर्गत मोरङको मिक्लाजुङमा पुराना अग्रजहरु कम्युनिष्ट तथा भुमिगतकालका सेल्टरदाताहरुलाई सम्मान-अभिनन्दन गरिएको छ । नेकपा एमाले मिक्लाजुङ गाउँ पालिका कमिटीको आयोजनामा शहीद रत्नकुमार वान्तवा स्मृति दिवस समारोहका बीच उहाँहरुलाई सम्मान गरिएको हो ।
सोमबार मधुमल्लामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव एवं मिसन ग्रासरुट अभियानका कोशी प्रदेशका संयोजक टोप बहादुर रायमाझीले पार्टीका अग्रज नेता तथा पुराना सेल्टरदाता र सहिद परिवार गरी ४३ जनालाई अभिनन्दन पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
प्रमुख अतिथि रायमाझीले बर्तमान गठबन्धन सरकारमा चरम असन्तुष्ठि र गुटबन्दी रहेकाले यो सरकाले देशको समृद्धी र विकाश भन्दा पनि बाढी चुडी खान लागी परेको आरोप लगाउनु भयो । देशमा चरम आर्थीक संकट बढीरहँदा पनी सरकार मुकदर्शक बनेर सत्ताका लागी लुछाचुडी गरेको , सरकार देश र जनता प्रती गम्भिर नभएको रायमाझीले बताउनु भयो ।
यो पनि पढ्नुहोस - को थिए रत्नकुमार वान्तवा ?
एमालेले देशभर मिसन ग्रासरुट अभियान चलाइरहेको र यसले पार्टी संगठनलाई मजबुत पार्दै नेकपा एमालेको एकल बहुमत प्रात सरकार गठन भए पस्चात मात्र देशले समृद्धीको खाका कोर्न सक्ने रायमाझीले जिकीर गर्नुभयो ।
त्यसैगरी उक्त कार्यक्रममा नेपाली कांग्रेस र माओवादी केन्द्र परित्यागगरी एमालेमा प्रवेश गरेका ५४ जनालाई स्वागत गरिएको एमालेले जनाएको छ ।
उक्त कार्यक्रममा केन्द्रीय अभियन्ता पार्टी पोलिटव्युरो सदस्य विशिष्ट अतिथि जितु गौतम,पार्टी केन्द्रीय अनुशाशन आयोग सदस्य लक्ष्मी भण्डारी,पार्टी नेता रामकृष्ण राई,मोरङ जिल्ला सदस्य नरेन्द्रप्रसाद ढुङगे सहितका जिल्लाका नेताहरुको आतिथ्यता रहेको थियो ।
पार्टी गाउँ पालिका कमिटीका अध्यक्ष बुद्धिमान लिम्बूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन सचिव नवीन कार्कीले गर्नुभएको थियो । निरङ्कुश पञ्चायती सत्ता विरुद्ध आन्दोलनमा शहादत प्राप्त गरेका रत्नकुमार वान्तवाको आज चैत २७ गते ७१ औँ जन्मजयन्ती तथा ४४ औँ स्मृति दिवस हो ।





















