काठमाडौँ,२८ साउन  । नेकपा एमालेले सुन प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो १२ः४५ बजे  पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो । 

वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।

न्युज कारखाना