• बद्री अर्याल 

विराटनगर,११ भदौ । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी तीव्र पारिएको छ । कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन यही असोज १२ र १३ गते  विराटनगरमा हुँदैछ। अधिवेशनलाई लक्षित गरी आइतबार विराटनगरमा कोशी प्रदेश कमिटीको सातौ पूर्णवैठक सम्पन्न भएको छ।

2e995c2b-1e93-45d6-bc8b-104a42f68535 (1)बैठकले अधिवेशनको तयारीका कामहरु गरिरहेको प्रदेश उपसचिव तथा प्रचार प्रसार उपसमितीको संयोजक शैलेश लामाले जानकारी दिनुभयो। अधिवेशन सम्पन्न गर्न पार्टीका प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपाने संयोजक तथा प्रदेश कमिटीका पदाधिकारी जिल्ला कमिटीका अध्यक्षहरु र कार्यलय सदस्य रहने गरी २० सदस्यीय मूल ब्यवस्थापन समिति बनाइएको प्रदेश कमिटीका  उपसचिव लामाले जानकारी दिनु भयो। पार्टी केन्द्रीय कमिटी सचिव तथा कोशी प्रदेश कमिटीका इञ्चार्ज रघुवीर महासेठको संयोजक,जिल्ला इन्चार्जहरू सदस्य रहेको प्रदेश अधिवेशन अनुगमन तथा निर्देशन समिति बनेको छ । 

फोटो सौजन्य : राजकुमार ओझाको फेसबुक त्यसैगरी १४ ओटा उपसमितीको संयोजकहरु पनि तोकिएको उपसचिव लामाले अनलाइन सगरमाथालाई जानकारी दिनुभयो । जसमा राजानितिक सांगठानिक उपसमिती संयोजक तुलसीप्रसाद न्यौपाने,अतिथी सत्कार उपसमितिको संयोजक टिकाराम चेम्जोङ,प्रतिनिधि व्यवस्थापन उपसमिती संयोजक चिन्तन पाठक,प्रचार प्रसार उप समिती संयोजक शैलेश लामा,स्वास्थ्य उपसमिति संयोजक धना तामाङ रहनु भएको छ ।

त्यसैगरीआर्थिक परिचालन उपसमिती लाल प्रसाद  सावा,खाद्य व्यवस्थापन उपसमिती संयोजक महेश भट्ट‌राई,आवास व्यवस्थापन उपसमिति संयोजक रमेश वस्नेत,स्वयम् सेवक व्यवस्थापन उपसमिती संयोजक विजय राई,हल तथा मंच व्यवस्थापन उपसमिती संयोजक राजकुमार ओझा,यातायात व्यवस्थापन उपसमिती संयोजक राजिव घिमिरे र सांस्कृतिक कार्यक्रम उपसमिती संयोजक खेम नेपाली रहनु भएको छ । 

फोटो सौजन्य : राजकुमार ओझाको फेसबुक उक्त अधिवेशनका लागि प्रदेशका सबै पालिकाहरुबाट असोज ५ गते एकैदिन प्रतिनिधिहरु छनौट गरिने निर्णय गरिएको उपसचिव लामाले जानकारी दिनु भयो। प्रतिनिधिहरु छनौटमा एक हजार भन्दा कम पार्टी सदस्य संख्या भएका पालिकाहरुमा प्रतिसय बराबर १ जना र त्यो भन्दा बढी संख्या भएका पालिकाहरुमा हजार सम्म १ सय नै र त्यो भन्दा माथि १ सय पचास पार्टी सदस्य बराबर १ जना छनौट हुने निर्णय गरिएको उपसचिव लामाले बताउनु भयो। ठुला जन संगठनहरु बाट एक महिला अनिवार्य सहित तीन जना र साना घटक संगठनहरुबाट महिला अनिर्वाय सहित दुई जना प्रतिनिधि हुन् पाउने निर्णय समेत गरिएको उपसचिव लामाले बताउनु भयो।

प्रदेश संयोजक तुलसीप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको थियो।