विराटचोक,१२ भदौ। कोशी प्रदेशमा नेकपा एमालेले नयाँ पार्टी सदस्यता प्रात गरेका सदस्यलाई एकैदिन शपथ खुवाउने भएको छ। नयाँ पार्टी सदस्य प्रात गरेका १९ हजार सात सय पाँच सदस्यलाई भदौ २३ गते शपथ खुवाईने प्रदेश कमिटी सदस्य राजकुमार ओझाले जानकारी दिनुभयो।
गत भदौ १० गते विराटनगरमा बसेको प्रदेश कमिटीको बैठकबाट उक्त निर्णय भएको ओझाले बताउनु भयो।उहाँहरुलाई प्रदेशका सबै पालिकाहरुमा शपथ ग्रहण कार्यक्रम आयोजना गरि शपथ खुवाउने तयारी हुदैँ गरेको बुझिएको छ ।
असोज १२ र १३ गते विराटनगरमा हुने एमाले कोशी प्रदेश कमिटीको अधिवेशनको मिति नजिकिदै गर्दा एकैदिन प्रदेश भरी सपथ खुवाउन लागिएको ओझाले बताउनु भयो । असोज ५ गते हुने प्रतिनिधि छनौटमा उहाँहरुले छान्ने र छानिने अधिकार पाउनु हुनेछ। हाल नेकपा एमालेको कोशी प्रदेश भित्र ९४ हजार १ सय छ जना नवीकृत संख्या रहेको छ ।




















