सुन्दरहरैँचा,१२ भदौ ।  नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीका नवनिर्वाचित अध्यक्ष प्रबिण घिमिरे तथा सुन्दरहरैँचा नगर कमिटी अध्यक्ष भविनजंग पाण्डे  सहित जिल्ला र नगरका युवानेताहरू सडकमा टागिएका झन्डा ब्यानर हटाएर नगर सफाइमा जुटेका छन । 

जिल्ला अधिवेशनको समयमा टागिएका  झन्डा ब्यानर हटाएर जनताको भावना तथा नगरको सुन्दरता कायम राख्दै राजनितिक र समाजिक  संस्कार देखाउँने काेसिस गरेको राष्ट्रिय युवा संघका नव निर्वाचित जिल्ला अध्यक्ष प्रबिण घिमिरेले बताए ।उनले आफुले गरेको कार्यक्रमको सजिसजाउँले सर्वसाधारणलाई समस्या  नहोस भनेर सफाइ अभियान गरिएको उल्लेख गरे ।

अधिवेशनको समयमा सजाएर राखिएका,बाटोमा लगाएका झन्डा ब्यानर कार्यक्रम सम्पन्न गरेपछी सफा गरेर सुरक्षित राखिएको राष्ट्रिय युवा संघ नेपालका नव निर्वाचित जिल्ला कमिटी सदस्य मनोज दाहालले जानकारी दिए ।

राष्ट्रिय युवा संघ नेपालकाे नवौ जिल्ला अधिवेशन गत भदौ ९ गते सुन्दरहरैँचामा सफलता पूर्वक सम्पन्न भएको थियो। अधिवेशनले प्रबिण घिमिरेको नेतृत्वमा ८३ सदस्यीय जिल्ला कमिटी चयन गरेको  नवनिर्वाचित जिल्ला कमिटी सदस्य विष्णु कार्कीले जानकारी दिए ।।