विराटनगर,१२ भदौ। नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कोशी प्रदेशको पहिलो प्रदेश अधिवेशन असोज १० गते हुने भएको छ ।
सोमबार विराटनगरस्थित एमाले पार्टी कार्यालय पाञ्चालीमा सम्पन्नको महासंघ प्रदेश कमिटीको चौथो विस्तारित बैठकले पहिलो प्रदेश अधिवेशन विराटनगरमा गर्ने निर्णय गरेको जनाइएको छ ।
महासंघ प्रदेश कमिटी अध्यक्ष देवराज राईले अधिवेशनबाट ८१ सदस्यीय पहिलो प्रदेश कमिटीको नेतृत्व चयन हुने जानकारी दिए । अधिवेशनलाई भव्य बनाउन अर्को बैठकले विभिन्न उपसमितिहरू गठन गर्ने उनले बताए ।
नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा अर्का स्थायी कमिटी सदस्य एवं पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की,केन्द्रीय सदस्य यज्ञराज सुनुवार,महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पा लगायतको उपस्थिति रहेको जनाइएको छ ।
बैठकमा पहिचानको नाममा विझिन्न राजनीतिक दल सम्वद्ध व्यक्तिहरूले एमालेका नेता कार्यकर्ताहरूमाथि नियोजित आत्रमण गरेको भन्दै वक्ताहरूले त्यसका विरुद्ध राजनीतिक प्रतिवाद गर्न पार्टी निकट आदिवासी जनजाती नेताहरूलाई आग्रह गरेका थिए ।
अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने गरी तयारी अघि बढाइएको अध्यक्ष राईले बताए । उदघोष ड़ैलीबाट




















