काठमाडौं,१२ भदौ। नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला कमिटी सदस्य दिनेश घिमिरे नेकपा एमालेमा नै फर्किएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा घिमिरे सहितका नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् । कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य विदिप सिलवाल,कागेश्वरी मनोहरा नगर कमिटी सदस्य मुक्ति खड्का,अनेरास्ववियु कोटेश्वर बहुमुखी क्याम्पस कमिटी कोषाध्यक्ष आदित्य खड्का लगायतका नेताहरू पनि एमालेमा नै फर्किएका छन ।
एमाले महासचिव शंकर पोखरेलले उनिहरूलाई पार्टीमा स्वगत गरेका थिए । युवा विद्यार्थी विशेष जिल्ला कमिटीको आयोजनामा भएको कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्य,केन्द्रीय सदस्यहरू बाबुराम थापा,बिना श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।




















