काठमाडाैं,१५ भदौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल क्रिकेट संघ वाग्मती प्रदेशका नवनिर्वाचित अध्यक्ष पारस खड्कालाई बधाई दिनुभएकाे छ ।

खड्का प्रादेशिक क्रिकेट संघ वाग्मतीको अध्यक्षमा निर्वाचित भएलगत्तै अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिनुभएकाे हाे । पारस खड्कासँग भेट हुँदा व्यवस्थापन र प्रशासनिक पक्षको सुधार गर्ने कुरा पारसले आफूसँग गरेकाे उहाँले स्मरण गर्नुभएकाे छ ।

अध्यक्ष ओलीले लेख्नुभएकाे छ - 'पारस खड्कासँग कहिलेकाहीँ कुरा हुँदा क्रिकेट खेलको सफलताका लागि यसको व्यवस्थापन वा प्रशासनिक पक्षको सुधार गर्नु पर्ने कुरा हुन्थ्यो, आज मैले सुनेँ- उहाँ वाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनु भएको छ, उहाँ पहिला क्रिकेट मैदानको क्याप्टेन, अब क्रिकेट प्रशासनको क्याप्टेन, बधाई छ क्याप्टेन पारस ।'