विराटनगर,१६ भदौ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको कोशी प्रदेश कमिटीमा सुनसरीका जिवि गजलको नेतृत्वमा ५१ सदस्यीय नयाँ कमिटी चयन गरिएको छ ।
भदौ १५ र१६ गते विराटनगरमा भएको अनेरास्ववियुको प्रथम अधिवेशनले उपाध्यक्षमा धनकुटाका अंकित थापा,झापाका नारायण घिमिरे,सचिवमा मोरङका सन्तोष घिमिरेलाई चयन गरेको हो ।
त्यसैगरी सहसचिवहरुमा उदयपुरका प्रवेश ठकुरी,पाँचथरका पारस राई,झापाका लक्ष्मी न्यौपाने,तेह्रथुमकी रन्जना घातानी र कोषाध्यक्षमा भोजपुरका नवराज घिमिरे चयन भएका छन ।
सर्वसहमती ढंगले सम्पुर्ण कमिटी चयन गरिएको अनेरास्ववियुको निवर्तमान कोशी प्रदेश कमिटीका सदस्य लक्ष्मीभक्त पोखरेलले जानकारी दिए ।नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई अनेरास्ववियुका केन्द्रीय महासचिव नरेश रोकायले पद तथा गोपनियताको शपथ गराएका थिए ।
नव गठित कमिटीलाई नेकपा एमाले केन्द्रीय सदस्य विनोद ढकाल,पार्टी प्रदेश कमिटी उपसचिव शैलेस लामा,विद्यार्थी इन्चार्ज तुलसी मैनाली लगायतले बधाई तथा शुभकामना मन्तव्य ब्याक गरेका थिए ।




















