काठमाडौँ, १८ भदौ । नेकपा एकीकृत समाजवादीका नेता एवम् प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी कालोसूचीमा पर्नुभएको छ । पाँच लाख रुपैयाँको एभरेष्ट बैंकको चेक काटेर एक व्यक्तिलाई दिएको चेक नसाटिएपछि उहाँलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।
साउन १५ गतेदेखि उहाँ कालोसूचीमा पर्नुभएको हो । रिक्वेस्ट आइडी २८२४ ले उजुरी हालेपछि चौधरी कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्नुभएको हो । कालोसूचीमा परेसँगै हाल उनका सबै बैङ्क खाता रोक्का भएका छन् ।




















